कोरोना विरुद्धको खोप कसले लगाउने र कसले नलगाउने भन्ने अन्योल छ। यस्तोमा निम्न अवस्थाका व्यक्तिले
कोरोनाविरुद्धको खोप लगाउनु हुँदैनः
–१८ वर्षभन्दा कम उमेरका व्यक्ति
–खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस् प्रतिक्रिया (गम्भीर एलर्जी) भएको व्यक्ति
–यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस् भएको व्यक्ति
– पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्ति
–हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल
– कोभिड–१९ को लागि मोनोक्लोनल एन्टीबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिन पछि खोप लगाउन मिल्छ
–कोरोना संक्रमितले संक्रमणमुक्त भएको ३० दिनपछि खोप लगाउन मिल्छ।
यी बाहेक बाँकी सबै व्यक्तिले आफ्नो पालो आउँदा खोप लगाउनुअघि आफ्नो रोग । आफूले सेवन गरिरहेका औषधिको बारेमा स्वास्थ्यकर्मीलाई जानकारी गराउनुहोस्।